काठमाडौं । सातै प्रदेशमा ‘सप्तरङ्ग २’ हुने भएको छ । ‘सप्तरङ्ग’ को सफलतापछि यसको दोस्रो शृंखलालाई गर्न लगिएको राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै जानकारी गराइयो । आयोजक गृष्मा ब्रोर्डकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले यसपटक नेपाल सरकारको अभियान भिजिट नेपाल २०२० लाई समेत यस कार्यक्रमले टेवा पुर्याउने बताए । ‘राष्ट्रियताको कुनै मुल्य हुदैन भन्ने’ सोचका साथ् कार्यक्रमलाई निशुल्क गरिएको समेत उनले बताए ।
पहिलो शृंखलामा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गरेको छ । दोस्रो शृंखलाको लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, हास्यकलाकार जीतु नेपाल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओड रहेका छन् । यिनले सातै प्रदेशमा पर्यटन प्रवर्धन र सम्मुनतिका लागि आफ्नो प्रस्तुति प्रस्तुत गर्ने छन् ।
कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानियकला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको कार्यक्रम कार्तिक २० गते बिर्तामोडबाट सुरु हुनेछ । बिर्तामोडबाट सुरु भएको कार्यक्रम २२ गते विरगंज, २४ गते चितवन, २६ गते नेपालगंज, २८ गते सुर्खेत, ३० गते महेन्द्रनगर र ४ गते पोखरामा पुगेर सकिनेछ । ‘सप्तरङ्ग २’ माअफिसियलएमसीको रुपमा नरेश भट्टराई, विवेक खतिवडा र पूजन थापा रहेका छन् । कार्यक्रमलाई टिभीएस अपाचे मोटरसाइकलले टाइटल स्पोन्सर गरेको छ ।