सरौतो गीतमा भिटेनको एक्सन

काठमाडौं । युवापुस्ता माँझ र्यापर भिटेन (समिर घिसिङ) परिचित छन् । उनका गीतले ट्रेण्डिङको शिर्ष स्थान पाउनुले नै उनको फ्यान फ्लोअर्सलाई प्रस्ट्याउछ । र्यापमार्फत उदाएका भिटेनले आगामी मंसिर १३ गते रिलिज हुने लागेको फिल्म ‘सरौतो’को प्रमोशनल गीतमा आवाज भरेका छन् । शिर्ष गीतमा भिटेनकै शब्द तथा संगीत पनि छ ।

फिल्म सार्वजनिक टिजर मनपरेपछि भिटेनले गीत तयार गरेका हुन् । यो गीतको भिडियोमा भिटेन आफै पनि देखिनेछन् । गीतमा भिटेनको साथमा मुख्य कलाकारहरु सुमी मोक्तान र विजय लामा पनि देखिदैछन् । गीतलाई तिहारको छेकोमा छायाँकन गरिएको हो । गीतमा भिटेन केहि फरक अन्दाजमा प्रस्तुत हुने फिल्मका निर्देशक हरी हुमागाईंले बताए । फिल्मकै थिम अनुसार गीतलाई तयार गरिएको छ । गीतको छायाँकन सकिएसँगै निर्माण पक्षले केहि तस्वीर सार्वजानिक गरेको छ ।

सार्वजनिक तस्वीरमा भिटेन अर्थात समीर र सुमीलाई आफ्नै अन्दाजमा देख्न सकिन्छ । म्युजिक भिडियो र एडमा चिनिएको नाम हरीले यसै फिल्म मार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् । यसमा सुमीसँगै लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, विजय लामा, धिरेन शाक्य, युवराज लामा, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङलगायतको अभिनय रहेको छ । फिल्ममा रिभेन्जको कथा देखाइएको छ ।

बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , प्रविन मानन्धरको कलर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , भिटेनको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , भिटेन, श्रेया सोतांगको स्वर दिएका छन् ।

यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।