स्मिता र टंकको चिटिक्कै परि बस

काठमाडौं । ’कार्टुञ्ज क्रु’ले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । टंक बुढाथोकी र स्मिता दाहालको स्वर रहेको गीतको भिडियोमा काटुञ्ज क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा र दिपिका कार्की देखिएका छन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गितमा दीपक शर्माको संगीत, उदयराज पौडेलको ऐरेन्ज तथा श्याम स्वेत रसाईलीको मिक्सींग रहेको छ ।

गीतको भिडियो कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् भने सरोज ओलीको निर्देशन, नवराज उप्रेतीको छाँयाकन रेनिश फागोको रङ संयोजन र अर्जुन जिसीको सम्पादन रहेको छ ।