जोलीको सुटिङ सेटमा बम भेटिएपछि

लसएन्जल्स(एजेन्सी) । हलिउड अभिनेत्री एन्जेलिना जोली र अभिनेता रिचर्ड मैडेनको छायांकरत फिल्म ‘द एटरनल्स’को सुटिङ सेटमा बम भेटिएपछि दुवैलाई सुरक्षित स्थानमा सारिएको छ । बम भेटिएपछि बम डिस्पोजको अनुमति दिनका लागि फ्यूरीटेवेंटुराको केनरी द्वीपको बेस खाली गराउनुपरेको थियो ।

यो बेसलाई दोस्रो विश्वयुद्धका समयमा नाजीद्वारा छोडिएको बेसलाई उक्त बेस मानिएको छ । ‘त्यो बम निकै भयानक थियो । यो बम दशकौंदेखि त्यहाँ थियो । जसलाई अहिलेसम्म कसैले छोएको थिएन । विश्वका प्रख्यात दुई स्टार त्यो सेटमा थिए । त्यो अवस्थामा बम डिस्पोजल टोलीले दुवैलाई अन्यत्र सारेर डिस्पोज गर्यो’, समाचारमा भनिएको छ ।

फिल्मको सुटिङ चलिरहँदा त्यहाँ बम रहेको थाहा भएपछि उक्त कुरालाई सबैलाई जानकारी दिएर सुरक्षित स्थानमा लगिउको थियो । जोली र रिचर्ड मार्वलको फिल्म ‘सुपरहीरो’ मा एटरनल लीडर थैना र इकारिसको भूमिका निभाइरहेका छन् ।