अनन्त यात्रा, पेन्सिल र मकै विवाह उत्कृष्ट

काठमाडौं, । ‘आठौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म महोत्सब’मा तीन नेपाली फिल्म उत्कृष्ट भएका छन् । काठमाडौंको जमलस्थित नाचघरमा शनिबारबाट सुरु भएको यो महोत्सव अवार्ड प्रदानसँगै सोमबारबाट सकिएको छ । महोत्सवमा लघू फिल्म विधाबाट सुनिल पाण्डे निर्देशित लघु फिल्म ‘अनन्त यात्रा’, आशिष भण्डारी निर्देशित लघू फिल्म ‘पेन्सिल’ पुरस्कृत भए । यस्तै लघू बृत्तचित्रबाट भीमलाल श्रेष्ठ निर्देशित मकै विवाह पुरस्कृत भयो । यी तीन फिल्मलाई महोत्सबमा सहभागी मध्य उत्कृष्ट घोषणा सहित पुरस्कृत गरिएको हो । महोत्सबमा सहभागी फिल्मबाट यी तीन ओटा फिल्मलाई उत्कृष्ट चयन गर्दै निर्णयक समितिले पुरस्कृत गरेको हो । पुरस्कृत फिल्मका निर्देशकहरुलाई ‘आदिप प्रतिभा फिल्म पुरस्कार–२०१९’बाट पुरस्कृत गरियो । पुरस्कार स्वरुप जनही पाँच÷पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो ।

पुरस्कृत लघू फिल्म मध्य आशिषको लघी फिल्मले बालबालिकालाई जती धेरै यातना तथा दुःख दियो उनीहरु त्यत्तिकै झगडालु र हिँस्रक हुँदै जान्छन भन्ने सेन्देश दिएको थियो । सुनिलको फिल्म अनन्त यात्रामा नेपालीहरुको मृत्यपछि स्वर्ग जानेक्रममा बैतर्नी नदी तर्न सजिलो होस भनेर गाई बर्तनी गरी गाई दान दिने प्रथामा केन्द्रित थियो । गत २०७२ को भूकम्पमा ज्यान गुमाएकी आफ्नी दिवँगत हजुरआमाको सम्झनामा उनले यो फिल्म निर्माण गरेका थिए । पुरस्कृत लघू बृत्तचित्र मकै विवाहमा गोरखाको धर्चे गाउँपालिकाको लाप्राकमा मकै बाली लघाउनु अघि पुजा आजासहित मकैको विवाह गर्ने प्रचलनलाई उठाईएको थियो ।  यसपटक महोत्सबमा अफ्रिकाको नाईजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी÷नर्वे÷जर्मनी, बेलायत र नेपाल सहित १२ देशका २५ ओटा फिल्म थिए ।

महोत्सबमा बोल्दै अल्जेरिया फ्रान्सका फिल्म निर्देशक तथा फिल्म फेस्टिबल आयोजक फरिद असदले पनि महोत्सब निकै रमाईलो भएको बताए । उनले पनि आफुले आयोजना गर्ने महोत्सबका लागि नेपाली फिल्म पठाउन यहाँका फिल्म निर्देशकहरुसँग आह्वान गरे । रुवान्डाका फिल्म फेस्टिबल निर्देशक तथा फिल्म निर्देशक हाकिजमाना पाईर्रीले पहिलो पटक नेपाल आएर फिल्म महोत्सबमा सहभागी हुन पाउँदा नेपाल र नेपाली फिल्मलाई बुझने अबसर मिलेको बताए । आफ्नो महोत्सबमा नेपाली फिल्म अब सहभागी गराउने उनले बताए । यस्तै चिनियाँ फिल्म निर्देशक तथा अफ्रिकी विज्ञ डा. योङले आफुले सोचेको भन्दा नेपाल निकै रमाईलो पाएको बताए । नेपाल र नेपालीका बारेमा आउँदा दिनमा यहाँ आएर फिल्म तथा बृत्तचित्र बनाउने चाहना पनि उनले कार्यक्रममा व्यक्त गरे ।

यो महोत्सबको आयोजना कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन (सिजेएमसी)ले गरेको थियो । महोत्सब तथा सिजेएमसीकी अध्यक्ष एवम् डा. मञ्जु मिश्रले महोत्सब समापन समारोहमा बोल्दै नेपालीलाई अफ्रिकासँग र अफ्रिकालाई नेपालसँग फिल्मको माध्यमबाट जोड्ना बिगत आठ वर्षदेखि यो महोत्सब आयोजना गर्दै आएको बताईन् । महोत्सबमा अर्को वर्ष अझ धेरै फिल्म प्रदर्शन गर्ने र नेपालका फिल्महरु आगामी दिनमा अफ्रिकामा हुने फिल्म महोत्सबमा पनि पठाउने उनले बताईन् । महोत्सबमा सोमबार नेपालबाट महेश दाहालको रिभर्स, महेश्वर सम्बाहाम्फेको नाम्लो, आशिष भण्डारीको पेन्सिल, र गणेशजँग रावलको भोक चलत्रिच प्रदर्शन गरिएको थियो । यस्तै नर्वे र युकेको थ्याँक्यु फर द रेन, इजिप्टको तुतन कामुन, जर्मनीबाट अफ्रिकी फिल्म प्रोमिस ल्यान्ड र नेपाल पर्यटन बोर्डको नेपाल भ्रमणवर्ष २०२० सम्बन्धि लघू फिल्म नेपाल मोन्टाज प्रदर्शन गरियो ।