एक्सनमय सम्हाली राख है ट्रेलर

काठमाडौं । आरएल मोक्तानको निर्देशन र अभिनय रहेको फिल्म ‘सम्हाली राख है’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म कार्तिक २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ ।फिल्ममा अर्जुन कुँवर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको फिल्म तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा शंकर कार्कीको प्रस्तुति र हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् ।

श्यामकृष्ण महर्जन सह निर्माता रहेको फिल्ममा बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको द्वन्द, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत रहेको छ ।

शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीत हिमाल सागर, अनु चौधरी र नित्या शिवाले गाएका छन् । निर्देशक आर एल मोक्तानकै पटकथा सम्वाद रहेको चलचित्रका मुख्य सहायक निर्देशक सुमन चापागाइ हुन् । काठमाडौ, कुलेखानी र दोलखाको आकर्षक दृश्य चलचित्रमा समेटिएका छन् । युवायुवतीमा अहिले मौलाएको प्रेमकथालाई आकर्षक तवरले समसामयिक बिषयबस्तुसँग मिश्रण गरेर सन्देश मुलक प्रस्तुतिका साथ फिल्म निर्माण भएको निर्माता हरिकृष्ण महर्जनले बताए ।