मुम्बई(एजेन्सी) । बलिउडकी स्वर कोकिला लता मंगेशकर सोमबार मुम्बईको ब्रीच कैडी अस्पतालमा भर्ना भएकी छन् । उनको टाउकोमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
लताको उपचारमा संलग्न चिकित्सकको समूहले लता उपचार गरेर घर फर्किएको बताए पनि अस्पतालका एक वरिष्ठ चिकित्सकले उनको अवस्थामा गम्भीर भएकोले हाल अस्पतालमै राखिएको बताएका छन् ।
समाचार अनुसार उनलाई सोमबार दुई बजे अस्पताल पु¥याइएको थियो । उनको अवस्था गम्भीर भएकोले हाल आइसीयूमा राखिएको छ । भारत रत्न र दादा साहब फाल्के जस्ता सम्मानबाट सम्मानित लता भारतीय फिल्मजगतको सबैभन्दा सर्वश्रेष्ठ गायिका मानिन्छिन् ।