अमेरिकामा रुचाइयो मिष्टर नेपाली

काठमाडौं । नेपालमा शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘मिस्टर नेपाली’को अमेरिकामा प्रिमियर गरिएको छ । अमेरिकाको टेक्सासमा आयोजना भएको फिल्मको प्रिमियरमा फिल्म हेरेपछि फिल्म मनपरेको बताए ।

फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले यसलाई उत्कृष्ट भने । केही दर्शकले विदेशमा बसेका नेपालीले हेर्नैपर्ने फिल्म बनेको बताए । कतिपयले भने विदेशमा बस्ने नेपालीले आफ्ना छोराछोरीलाई यो फिल्म देखाउन आवश्यक रहेको प्रतिक्रिया दिएका थिए ।

फिल्म हेर्ने अधिकांश दर्शक यसको कथावस्तुबाट सन्तुष्ट देखिएका छन् । उनीहरुले, राष्ट्रियताको कथा उठान गरेकाले पनि फिल्म विदेशमा बस्ने नेपालीका लागि अझै रोचक हुने प्रतिक्रिया दिएका थिए ।

देव भुषालको निर्देशनमा बनेको यो फिल्ममा भूवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोल लगायतका कलाकारको मुख्य भूमिका छ । प्रेमराज दाहालको निर्माणमा यो फिल्म बनेको हो ।