नायकबाट गायक बने सलोन, आमेश

काठमाडौं । नायकद्वय सलोन बस्नेत र आमेश भण्डारी सांगीतिक दुनियाँमा आएका छन् । दुवैको स्वर रहेको ‘मेरो लागि तिमी’ बोलको गीतमा दुवैको स्वर सुन्न सकिन्छ ।

सार्वजनिक गीतको भिडियोमा सलोन र आमेश नै फिचर्ड छन् । र्याप पप शैलीको गीतमा उनीहरुको जोडी गज्जबले सुहाएको छ ।

गीतमा दुवैको शब्द र संगीत पनि छ । यो संगीतका निर्माता रोमन बज्राचार्य हुन् । गीतको भिडियोमा दिनसन शाहको सम्पादन र कलर करेक्सन छ । भिडियोको निर्देशन र छायांकन सुशील बाबु क्षेत्रीले गरेका हुन् ।