‘दुई सिरिज भन्दा फरक चपली हाइट ३’

काठमाडौं । अघिल्ला दुई सिरिजबाट चर्चामा आएको फिल्म ‘चपली हाइट’को तेस्रो सिरिज ‘चपली हाइट ३’को मंगलबार काठमाडौंको बुङमती र खोकना गाउँको बीचमा अवस्थित कार्य विनायक मन्दिरमा मुहूर्त गरिएको छ । मुहुर्तमा फिल्मका निर्माता अर्जुन कुमारले अघिल्ला सिरिज भन्दा यसपटकको सिरिज केही फरक हुने दाबी गरे । उनले फिल्ममा दर्शकले सस्पेन्स र थ्रिल दुवै पाउने बताए ।

मंसिर ५ गतेबाट छायांकन सुरु हुने फिल्ममा स्वस्तिमा खड्का र सुपुष्पा भट्ट, नायक आमिर गौतम, नवनायकद्वय महेश त्रिपाठी र प्रतिक श्रेष्ठ छन् । मुहुर्तमा नायिका स्वस्तिमाले आफू पहिलोपटक सस्पेन्स थ्रिलर जनरामा फिल्म गर्न लागेकाले उत्साहित भएको बताइन् ।

नायक आमिरले एउटा राम्रो स्क्रिप्टमा फेरी जोडिन पाउदा खुशी लागेको बताए । चैतमा प्रदर्शन हुने फिल्ममा अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको लगानी हुनेछ ।