आइस बाथपछि पिसाब पिउँछिन् म्याडोना

लसएन्जल्स(एजेन्सी) । हलिउड गायिका म्याडोनाले आफ्नो सामाजिक सन्जालमा एक भिडियो सेयर गरेकी छन् । उक्त भिडियोमा गायिका आइस बाथ लिएर एक कप पिसाब पिइरहेको देखिन्छिन् । म्याडोनाले यो भिडियो गत आइतबार राखेकी थिइन् ।

म्याडोना हालका दिनमा म्यूजिकल कन्सर्टका लागि म्याडम एक्स टुरमा छिन् । उनले भिडियो शेयर गर्दै ‘के हामी आइस बाथ च्यालेन् जगर्न सक्दछौं , ४१ डिग्री चोटको सबैभन्दा राम्रो उपचार’ भन्दै लेखेकी छन् । भिडियोमा उनलाई प्रस्तोता अहलमलिक विलियम्ससँग होटलको बाथरुममा गइरहेको देख्न सकिन्छ ।

भिडियोमा उनी आइस बाथ टबबाट बाहिर निस्किएर खुट्टाको मोज्जा निकालेर एक सेतो कपमा भएको पहेलो रंगको पानी पिउँछिन् । जसलाई उनीले पिसाब भनेकी छन् । ‘बरफको पानीबाट बाहिर निस्किएपछि पिसाब पिउनु निकै राम्रो हुन्छ’, उनले भनेकी छन् । उनको यो भिडियो अहिले निकै भाइरल भइरहेको छ ।

म्याडोनाले मेडिकल उपचारका लागि पिसाबको सहारा लिएको पहिलो पटक होइन । उनले यसअघि खुट्टामा घाउ हुँदा पनि त्यसलाई निको पार्नका लागि पिसाबकै प्रयोग गरेकी थिइन् ।