पुजालाई आकाश भन्दैछन् मन परेसी पर्यो पर्यो

काठमाडौं । पछिल्लो पटक एक पछि अर्को फिल्ममा सँगै देखिएका अभिनेता अभिनेत्री जोडी आकाश श्रेष्ठ र पूजा शर्मा नयाँ फिल्म ‘मन परेसी पर्यो पर्यो’मा पुनः देखिने भएका छन् । निर्माता रघु परियारले निर्माण गर्न लागेकोसँग निर्माण टिमले बुधबार कागजी सम्झौता गरेको फिल्मका मिडिया कोओर्डिनेटर कुमार आचार्यले बताए ।

‘जय शम्भु’ का निर्देशक रुपेश थिङ तामाङले निर्देशन गर्ने फिल्ममा बुद्धि तामाङ, किरण श्रेष्ठ, कालु रानाको पनि अभिनय रहनेछ । फोर्थ आइज् मुभीज प्रालि र डिविआर मिडियाको ब्यानरमा बन्ने फिल्मको छायांकन पुष अन्तिमबाट हुनेछ । फिल्म आगामी चैत २८ मा रिलिज हुनेछ ।

यो मितिमा फिल्म ‘प्रेमगीत ३’ आउने पक्कापक्की भईसकेको छ । जुन फिल्ममा अभिनेता प्रदीप खड्का प्रमुख भूमिकामा छन् । चितवन र कालिञ्चोकमा छायांकन हुने फिल्ममा अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने र श्रीकृष्ण बर्देवाको संगीत, रविन शाहको कोरियोग्राफी रहनेछ ।