प्रेमले भर्लान् मोनिकाको सिउँदोमा सिन्दुर ?

काठमाडौं । फिल्म ‘प्रेम संसार’को ट्रेलर सार्वजनिक भएको छ । राम गौतमले निर्देशन गरेको फिल्मको ट्रेलरमा प्रेम, पीडा र द्वन्द्वलाई प्राथमिकता दिइएको छ । प्रेमबहादुर सुनारको प्रस्तुतिमा तयार भएको फिल्ममा कविता नेपाल, प्रेम सोनी, आयुष्मा कार्की, मोनिका दाहाल, प्रेमबहादुर सुनारलगायतको अभिनय छ ।

सोनी फिल्मस्को प्रस्तुति रहेको फिल्ममा प्रेमबहादुर सुनारको कथा छ । फिल्ममा बी.बी अनुरागी र अर्जुन पोखरेलको संगीत, दिपेन बस्नेतको छायांकन तथा सम्पादन छ । फिल्म मंसिर २७ गते रिलिज हुनेछ ।