कोशिषलाई भेट्दा किरणलाई प्रेमको आभाष

काठमाडौं । आगामी मंसिर २० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘माया पिरिम’को ट्रेलर सार्वजनिक भएको छ । टेक पौरखी राई निर्देशित फिल्मले नायक कोशिश क्षेत्री र नायिका किरण चन्दको प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरेको छ ।

फिल्ममा कोशिश र किरणका अलावा विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङको पनि अभिनय छ । फिल्मको ‘फोटो खिचेर’ गीतमा सलोन बस्नेत र अञ्जली अधिकारीले ठुम्का लगाएका छन् । फिल्ममा सविन अधिकारीको कथा र निर्माण छ ।

सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा मोहन मरासैनी र युवराज दाहाल रहेका छन् । प्रविन थापा र सविन अधिकारी निर्माता रहेको फिल्ममा निरज कँडेलको सम्पादन र श्री श्रेष्ठको द्वन्द्व छ ।फिल्मका निर्देशक टेक पौरखी राई हुन् ।