बायोपिक फिल्ममा माइकल ज्याक्सन

लसएन्जल्स(एजेन्सी) । विश्वविख्यात पपस्टार माइकल ज्याक्सनको बायोपिक बन्ने भएको छ । केही समय अघि किङ अफ पपमाथि एक वृत्तचित्र ‘लिभिङ नेभरल्याण्ड’ आएको थियो । यो वृत्तचित्र पछि ज्याक्सनको लिगेसी र उनीमाथि लगेको बाल उत्पीडनको आरोपमा पुनः बहस शुरु भएको थियो । माइकलले आफ्नो पुरा जीवनभर यही आरोपको सामना गरिरहनु परेको थियो ।

समाचार अनुसार निर्माता ग्राहम किङ माइकलको बायोपिक बनाउनेछन् । उनले माइकलको बायोपिक बनाउने अधिकार पनि लिइसकेका छन् । ग्राहमले यसअघि पहिलो ओस्कार विजेता फिल्म ‘बोहेमियन राप्सोडी’ बनाइसकेका छन् ।

‘बोहेमियन राप्सोडी’ आफ्नो समयको रक म्यूजिक सुपरस्टार फ्रेडी मर्करीको जिन्दगीको कथा हो । बायोपिकका लागि ओस्कार मनोनित लेखक जोन लोगन स्क्रिप्टमा काम गरिरहेका छन् । जोन फिल्म ‘द एभीएटर’बाट चर्चामा आएका थिए ।

यो बायोपिक ज्याक्सनको कुनै पवित्र पोट्रेट हुनेछैन । यो बायोपिकमा माइकलमाथि लागेको बाल उत्पीडनको कुरा पनि समेटिने छैन । माइकल सन् १९९३ देखि यो आरोपको सामना गरिरहेका थिए ।