निर्जनलाई माया सोध्दै रोजी

काठमाडौं । अष्ट्रेलियामा बस्दै आएकी गायिका आरती श्रेष्ठको स्वरमा रहेको ‘के यो माया हो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । राजधानीमा आइतबार एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको छ । रोमन बज्राचार्यको शब्द रचना तथा संगीत रहेको गीतको भिडियोमा जनकदीप पराजुलीको निर्देशन छ ।

भिडियोमा रोजी पन्त र निर्जन थापा फिचर्ड छन् । रोजी अस्ट्रेलियामा नै बसोबास गर्दै आएकी छिन् । उनको यो पहिलो नेपाली म्यूजिक भिडियो हो । यसअघि रोजीले एउटा हिन्दी भिडियोमा मोडलिङ गरिसकेकी छन् । ओ. एम. जी इन्टरटेन्मेन्टको ब्यानरमा भीमराज रसाईली, सिर्जना लोहागुन र सरस्वती गौतमले भिडियोमा लगानी गरेका हुन् ।

भक्तपुर दरवार स्क्वायर र नयाँ बानेश्वरका रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई रणधीर श्रेष्ठले खिचेका छन् । भिडियो सम्पादन धुर्बराज पराजुली ‘प्रज्जवलित’ले गरेका छन् ।