सम्झना बिर्सनामा छुल्ठिमको आगमन

काठमाडौं । छायांकनरत फिल्म ‘सम्झना बिर्सना’ मा कलाकार छुल्ठिम गुरुङको आगमन भएको छ । हाल भारतको सिलिगुडीमा छायांकनरत प्रेमकथाको फिल्ममा निमेष प्रधानको निर्देशन छ । निर्माण पक्षले छुल्ठिमको उपस्थितिबारे जानकारी गराएको छ । फिल्ममा छुल्ठिमको पनि मुख्य भूमिका रहनेछ ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरिरहेको फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र छुल्ठिमसँगै सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेललगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।

आदित्य फिल्मसको व्यानरमा निर्माण भैरहेको फिल्ममा शिव ढकालको छायांकन छ । वेस्ट बेंगलका रमणीय स्थानमा फिल्मको छायांकन गरिने निर्माण पक्षले बताएको छ ।