काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री केकी अधिकारी अभिनित फिल्म ‘सूर्य किरण’को फष्टलुकसँगै नयाँ रिलिज डेट सार्वजनिक भएको छ । अमिर दोङ निर्देशित फिल्म आगामी मंसिर २७ गते प्रदर्शनमा आउनेछ । फिल्ममा सविन श्रेष्ठ शिर्ष भूमिकामा र केकी अधिकारी अतिथि भूमिकामा छन् । फिल्ममा मेलिना चेपाङ, रञ्जित तामाङ्ग, कुइसाङ रुम्बा, मञ्जु श्रेष्ठ लगायतको अभिनय छ ।
फिल्ममा अमिर दोङ अतिथि भूमिकामा छन् । तामाङ फिल्मका लोकप्रिय कलाकार तथा निर्देशक अमिरको ‘सूर्य किरण’ पहिलो नेपाली फिल्म हो । तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा अमृत चेपाङले फिल्म निर्माण गरेका हुन् । फिल्मको कथा तथा पटकथा लेखन ऋतुराज पाख्रिनले गरेका हुन् ।
फिल्ममा विशाल काल्ताङ, जोगलाल लामाको संगीत तथा दीपक तामाङ, अजय स्याङतानको नृत्य तथा राजु दोङ तामाङको द्वन्द्व छ । अभिषेक माझी र विक्रम मोक्तानले खिचेको फिल्मलाई अर्जुन थापाले सम्पादन गरेका हुन् ।