पुष मध्यमा कामना अवार्ड

काठमाडौं । सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा सिने मासिक कामनाले आयोजना गर्दै आएको सिजी कामना फिल्म अवार्ड्सको पाँचौ संस्करण आगामी पुष १९ गते शनिवार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने भएको छ । यस वर्ष सिजी कामना फिल्म अवार्ड्समा गोदरेज नम्वर वन जोडिएसँगै यो अवार्ड गोदरेज नम्वर वन कामना फिल्म अवार्डस् २०७६ का रुपमा सम्पन्न हुनेछ ।

सिजी कामना फिल्म अवार्डस्मा गोदरेज नम्वर वन जोडिएसँगै यस वर्षबाट प्रतिस्पर्धात्मक २६ विधाबाहेक एसएमएस भोटिङका आधारमा गोदरेज नम्वर वन पपुलर च्वाईस अवार्डसमेत प्रदान गरिनेछ । गोदरेज नम्वर वन पपुलर च्वाईस अवार्डमा नायिकाहरु वर्षा राउत, सृष्टी श्रेष्ठ, साम्राज्ञी राज्य लक्ष्मी शाह, प्रियंका कार्की र स्वस्तीमा खड्का मनोनयनमा परेका छन् । अवार्डमा २६ विधामा अवार्ड प्रदान गरिनेछ ।

त्यस्तै फिल्म क्षेत्रमा पु¥याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली चलचित्रको उन्नयनमा योगदान पु¥याउने एक÷एकजना फिल्मकर्मीलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ । त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्डसमेत प्रदान गरिनेछ।

कामना फिल्म अवार्डस्मा एउटै विधामा १ जनाभन्दा बढी विजयी भए सो विधामा सामेल चलचित्रकर्मीलाई छुट्टाछुट्टै ट्रफी प्रदान गरिँदै आएको छ । समारोहमा कुल ३२ विधामा अवार्ड प्रदान गरिनेछ । गोदरेज नम्वर वन पपुलर च्वाईस अवार्डसमेत कुल १५ लोकप्रिय विधामा दर्शकको एमएमएस भोटका आधारमा विजेता चयन गरिँदै आएको छ ।