बीग बोस छाड्दै सलमान

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानले विवादास्पद रियलिटी शो ‘बिग बोस १३’ छोड्ने भएका छन् । अब उनको स्थानमा फिल्म निर्माता फराह खान आउनेछिन् । समाचार अनुसार सलमानले सेटमा आफ्नो जन्मदिन मनाएर शो छोड्नेछन् ।

सलमानले आफू स्वास्थ्यका कारण शो छोड्न लागेको निकटलाई बताएका छन् । सलमान आगामी २७ डिसेम्बरमा ५४ वर्ष पुग्दैछन् । सलमान ट्राइजेमिनल न्यूराल्जिया रोगबाट पीडित भएकाले उनी निकटले शो छोड्न सल्लाह दिइसकेका छन् ।

‘सलमान ट्राइजेमिनल न्यूराल्जिया नामक रोगबाट पीडित छन् । उनी विगतको जस्तो रिसाउन सक्दैनन् किनकी उनी रिसाए भने नशामा असर पर्न सक्छ । सलमान हरेक प्रतियोगीको व्यवहारबाट रिसाइरहेका छन् । त्यसकारण उनले यो शो छोड्नुको विकल्प छैन’, शो सम्बद्ध स्रोतले भनेको छ ।

सलमान करिब एक दशकदेखि कलर्स च्यानलबाट प्रसारण हुने यो रियालिटी शोसँग आबद्ध छन् । उनी सन् २०११ मा चौथो सिजनबाट शोसँग जोडिएका हुन् ।