मखमली चोलीमा आइन् लिजा

काठमाडौं । पछिल्लो समय विभिन्न सांस्कृतिक कार्यक्रममा व्यस्त रहँदै आएकी गायिका लिजा लामाको ‘मखमली चोली’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सानु खतिवडा फिचर्ड छिन् ।

गीतमा दीपक रमणको शब्द र संगीत रहेको छ । भिडियोमा राजु लामाको निर्देशन र कोरियोग्राफी छ । गीतको भिडियो एनएस डिजिटल मार्फत युट्युवबाट सार्वजनिक गरिएको छ ।