गुलाबको फूलमा प्रेमिल धर्मेन्द्र

काठमाडौं । गायक धर्मेन्द्र सेवनको नयाँ गीत ‘गुलाबको फूल’ सार्वजनिक भएको छ । बिहिबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतमा शब्द तथा संगीत पनि धर्मेन्द्र कै रहेको छ ।

आफूले प्रेमिल भावमा यस गीतलाई तयार गरेको धर्मेन्द्रले बताउँछन् । उनले भने, ‘यहाँ पुरुषले आफूलाई महिलाको श्रृगारसँग तुलना गरेर आफ्नो प्रेमलाई प्रष्फुटित गरेको छ ।’ आफूले एक्लै गितार बजाएर तयार गरेको गीतलाई दर्शक–श्रोताले रुचाउने भएका कारण सोही जनरमा यस गीतलाई तयार पारेको धर्मेन्द्रले बताए ।

गीतको भिडियोमा पनि धर्मेन्द्र आफैँ फिचर भएका छन् । भिडियोमा धर्मेन्द्रसँगै सोफिया घलेलाई पनि देखाइएको छ । भिडियोलाई निर्देशक तथा छायांकन सुरज दर्लामी मगरले गरेका छन् ।