ट्विंकललाई प्याजजडित इयररिङ उपहार

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अक्षय कुमार हालका दिनमा आफ्नो फिल्म ‘गुड न्यूज’को प्रचारमा व्यस्त छन् । अक्षयको कमिक शैलीबाट जोकोही पनि प्रभावित छन् । अहिले प्याजको मूल्यले आकाश छोएको छ । यही परिप्रेक्ष्यमा अक्षयले प्याजकै विषयलाई लिएर एक ठट्टा गरेका छन् ।

उनले अभिनेत्री पत्नी ट्विंकल खन्नालाई प्याजको इयररिङ उपहार दिएपछि अक्षय पुन चर्चामा छन् । अक्षय फिल्मको प्रचारका लागि कपिल शर्माको शोमा पुगेका थिए । यो शोमा उनले प्याजवाला इयररिङ करिनालाई दिएका थिए । तर करिनाले इयररिङमा आशक्ति नदेखाएपछि उनले त्यो इयररिङ ट्विंकललाई नै दिने निर्णय गरे ।

ट्विंकलले इन्स्टाग्राममा यसको तस्बिर शेयर गर्दै ‘मेरा साथीले कपिल शर्माको शोबाट फर्किएर मलाई यो देखाए र करिनालाई दिन खोजेको थिएँ । तर उनले चासो नदेखाएपछि तिमीलाई दिने निर्णय गरें । मलाई लाग्छ यो तिमीले मनपराउनेछौं’ भनेको लेखेकी छन् ।

प्याजको मूल्य अकाशिएपछि ट्विंकलले पहिला पनि प्याजको तस्बिर शेयर गरेकी थिइन् । जसमा उनी हातमा प्याज लिएर उभिएकी थिइन् । योसँगै उनले प्याजक बिनाको ६ वटा रेसिपी पनि शेयर गरेकी थिइने ।