ओइ सानीमा क्यारिकेचर किङ

काठमाडौं । गायक टेकबहादुर अधिकारीको नयाँ मौलिक दोहोरी ‘ओइ सानी’ सार्वजनिक भएको छ । अधिकारीको यसअघि ‘परदेशीको दशै’,‘भाइ आयो लिनलाई’, ‘हेर्छु’ लुकीलुकी’ गीतहरु सार्वजनिक भइसकेको छ ।

एक्शन फिल्मस्द्वारा निर्माण गरिएको गीतमा गायक अधिकारीलाई ‘नौटंकी माया’, ‘डबलमाया’कि गायिका सिर्जना खत्री हाउडेमायाले साथ दिएकी छिन् ।

यस गीतमा चाडपर्वमा जात्रा तथा बिहे ब्रतबन्धतिर गाउँघरमा हुने मौलिक दोहोरी घम्साघम्सीलाई दर्साइएको छ ।अभिनयतर्फ हास्य सिरियल सक्किगोनी का एदुमे अर्थात क्यारिकेचर किङ सुबोध गौतमले पहिलो पटक म्युजिक भिडियोमा काम गरेका छन् भने अर्का मोडल आयुश्मा कार्कीले साथ दिएकी छन् ।

गायक अधिकारीकै शब्द रेशम प्रधानको लय तथा एरेन्ज रहेको यस गीतको भिडियोलाई युवराज खत्रीले निर्देशन गरेका हुन् ।