मोहनी मायामा गम्भिर र केकीको केमेष्ट्री

काठमाडौं । गम्भिर बिष्ट र केकी अधिकारी फिचर्ड ‘मोहनी माया’को भिडियो सार्वजनिक भएको छ । सुरेन घताङ र प्रबिशा अधिकारीको स्वरमा सजिएको उक्त गीतमा आशा राईको शब्द तथा संगित छ । आमोश तामाङको एरेन्ज रहेको गितको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन ।

सार्वजानिक भएको छोटो समयमा दर्शकको मिठो साथ पाएको यो गितले दर्शक प्रतिक्रिया पनि रामो पाईरहेको छ । गितको भिडियोमा बिष्टले आफुलाई इनोसेन्ट प्रेमिको रुपमा प्रस्तुत गरेका छन ।