१२ सत्ताइस गीतमा गिरिशको सरप्राइज

काठमाडौं । फिल्म ‘१२सत्ताइस’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा दिपक आरजे र गिरिश खतिवडाको स्वर, प्रकाश मल्लको शब्द र दिपक आरजे को संगीत रहेको छ ।

लाइट कमेडी जनरामा निर्माण भएको यो फिल्मको ट्रेलर समेत सार्वजनिक भैसकेको छ । फिल्ममा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाइएको छ । जोन योञ्जनको कथा तथा निर्देशन रहेको फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउदको अभिनय छ ।

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्ममा रेणु राना, दिपक खतिवडा र रुपक थापाको लगानी छ । फिल्मका सहनिर्माताको रुपमा गौतम शाहको लगानी छ । फिल्ममा अनिश स्याङदेनको छायांकन, कृष्ण भण्डारीको सम्पादन, विक्रम स्वारको कोरियोग्राफी रहेको छ । फिल्म माघ ३ गतेबाट देशभर प्रदर्शनमा आउदैछ ।