मिष्टर नेपालीमा भाइरसको र्याप

काठमाडौं । नेपालमा अझैसम्म र्याप संगीत स्थापित हुन सकेको छैन । तर, यहाँ र्याप गायकहरु दिनदिनै थपिँदैछ । यस्तै, पछिल्लो समय ‘मिस्टर नेपाली’ बोलको गीतसहित भाइरस अर्थात कुशल खत्री देखिएकी छन् ।

नेपाली संगीत क्षेत्रका नयाँ प्रतिभाका रुपमा उदाएका भाइरसको ‘मिस्टर नेपाली’ बोल गीतको भिडियो एमएमएस इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो । प्रशन्न रिमालले निर्देशन गरेको ‘मिस्टर नेपाली’मा गायक तथा ¥यापर भाइरस आफैँ फिचरिङ छन् । ‘मिस्टर नेपाली’मा शब्द, संगीत समेत भाइरसकै रहेको छ । उनले आफ्नो गीतमा नेपाली समाजमै घटिरहेका परिघटनाहरुलाई शचित्रण गरेका छन् ।

‘मिस्टर नेपाली’मा भिटेनदेखि बलात्कारपछि हत्या गरिएकी कन्चपुरकी निर्मला पन्त र सुस्तादेखि कालापानीसम्मलाई समेटेका छन् । जहाँ भारतले नेपाली सीमा अतिक्रमण गर्दै आएको छ । भाइरसको यो सार्वजनिक गीतले राज्यले ¥यापरहरुलाई हेर्ने दृष्टिकोण अनि देशको सीमाबारे मौन धारणालाई शब्दचित्रणमार्फत व्यंग्य गरेका छन् ।

यस गीतको भिडियो निकै रुचाएको निर्देशक रिमालले बताए । पछिल्लो समय रिमाल ¥याप भिडियो निर्देशकका रुपमा समेत चर्चित बनेका छन् । उनले भने, ‘कुशल अर्थात भाइरसको यो गीतलाई दर्शकले निकै रुचाएका छन् । पछिल्लो समय उदाएका ¥यापरहरुमा कुशलको भविष्य राम्रो देखिन्छ ।’