विन्टर फेस्टमा रमाए मोडल

काठमाडौ । एल एण्ड एन मोडेल एजेन्सीले ‘द विन्टर फेस्ट २०१९’ को आफ्नो दोस्रो संस्करण सम्पन्न गरेको छ । एजेन्सीले आफ्नै देशमा उत्पादित पश्मिना एवम् विभिन्न आकर्षक पहिरनहरूलाई फेशन शोमार्फत प्रस्तुत गरेको थियो ।

कार्यक्रमको शुभारम्भ नेपाल पस्मिना संघका अध्यक्ष दुर्गा थापा, नेपाल डेन्टल संघकÞा अध्यक्ष डा. प्रविन्द्र अधिकारी, गायक धिरज राई, गायक कमल खत्री र अभिनेता यशराजले दिप प्रज्वलन शोको शुभारम्भ गरेका थिए । शोमा २४ महिला एवम् पुरुष मोडेलहरुले र्याम्प नापेका थिए ।

कार्यक्रम गायक धिरज राई, गायक कमल खत्री, गायक अमित बराल र गायिका रीत राना मगरलगायतले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।