आकाशे खेती गर्दै विल्सन र गौरव

काठमाडौं । एसएस इन्टरनेशनलको व्यानरमा फिल्म ‘आकाशे खेती’ निर्माण हुने भएको छ । हास्य फ्लेभरको फिल्मको निर्देशन उदय सुब्बाले गर्नेछन् । मनोरञ्जनात्मक ढंगबाट तयार पारिने फिल्ममा समाजका विभिन्न घटनाक्रमलाई देखाइनेछ ।

फिल्ममा विल्सनविक्रम राई ‘तोक्मे बुढा’, गौरव पहाडी, निता ढुंगाना, बुद्धि तामाङ, रविन्द्र झा, रजनी गुरुङ, अनुप याक्सो, रमा लिम्बु, लक्षु शर्मा, प्रकाश शर्माको अभिनय रहनेछ ।

फिल्ममा विक्रमको छायांकन, राजु किरातीको द्वन्द्व, रामजी लामिछानेको नृत्य र विकास चौधरीको संगीत रहनेछ । फिल्म आगामी वर्षको वैशाख २६ गते सार्वजनिक प्रदर्शनमा आउनेछ ।