राजेशपायलसँग लक्ष्मीको मन पराउछौ

काठमाडौं । गायिका लक्ष्मी आचार्य र गायक राजेशपायल राईको स्वर रहेको नयाँ गीत ‘मन पराउछौ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्री र अन्जली अधिकारीको रोमान्स देख्न सकिन्छ ।

गीतको भिडियोमा भने नवराज उप्रेतीको छायांकन, अमृत चापागाईको सम्पादन छ भने कोरियोग्राफी तथा निर्देशन मोडल सुनिल आफैले गरेका हुन् । बेलाबेलामा फरक फरक शैलीको गति सार्वजनिक गरेर चर्चामा रहने गरेकी लक्ष्मीको यो गीतले बालकदेखि वृद्धवृद्धासम्मको रोजाइमा पर्ने खालको छ ।

सार्वजनिक हुने बितिकै गीत धेरैको रोजाइमा परेको यो गीतलाई सुन्नेले सकारात्मक प्रतिक्रिया दिएका छन् । डिबी खड्काको शब्द र बिनोद पराजुलीको संगीत रहेको डान्सिङ शैलीमा तयार पारिएको छ ।