लप्पन छप्पन २ बाट उत्साहित आना

काठमाडौं । विगत ३ वर्षदेखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले नेपाली फिल्म ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै छिन् । उनी कार्यक्रम प्रस्तोता तथा गायिका पनि हुन् । चितवनमा जन्मिएकी ढकालले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । अस्ट्रेलियामा हुने विविध कार्यक्रमहरुको प्रस्तोताका रुपमा पनि उनले थुप्रै कार्यक्रम संचालन गरिसकेकी छन् ।

फिल्म ‘लप्पन छप्पन २’ मा अर्पण थापाको अपोजिटमा देखिन लागेकी ढकाल अन्य फिल्ममा निरन्तर काम गर्ने बताउछिन् । विदेशमा बसेर पनि नेपाली फिल्मलाई माया गर्ने उनी नेपाली कला र संस्कृतिलाई विश्व सामु चिनाउने प्रयासमा लागि रहेकी छिन् ।

उनलाइ नयाँ फिल्मबाट अफर आइ रहेको छ । छिट्टै उनि अर्को फिल्ममा पनि लिड रोलमा देखिने भएकी छिन् ।