थाइल्याण्डमा सितारामलाई ग्लोबल अवार्ड

काठमाडौं । गायक सिताराम पोखरेल ग्लोबल इन्टरनेसनल अवार्ड २०१९ बाट सम्मानित भएका छन् । हालै थाइल्याण्डमा वल्र्ड वाइड मिडिया इन्टरनेशलले आयोजना गरेको एवार्डमा थाइल्याण्डका पर्यटन व्यवसायी एनोथाइ थोङथानोमलगायत संस्थाका सभापति आरके श्रेष्ठ तथा सिइओ कन्चन श्रेष्ठले पोखरेललाई सम्मान गरेका हुन् ।

विगत तीन दशकभन्दा लामो समयदेखि नेपाली गीत संगीतलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ । गायक पोखरेलले यसअघि विभिन्न सम्मान तथा अवार्ड पाइसकेका छन् ।