तिम्रो चन्चले चुलबुलेमा स्मृति र सुजन

काठमाडौं । पपगायक सुजन ढकालको नयाँ गीत ‘तिम्रो चन्चले चुलबुले’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुजनकै शब्द र संगीत रहेको गीतमा गायिका स्मृति पोखरेलले स्वरमा साथ दिएकी छिन । लन्डनको रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा नायिका एवम गायिका स्मृति पोखरेल र कुमुद पन्त फिचर्ड छन् ।

गुणदेव घिमिरेको क्यामेरा र माधव बेलबासेको सम्पादन रहेको भिडियोमा स्मृति र कुमुदको निर्देशन रहेको छ । गायिका स्मृतीको यसअघि धेरै गीतहरुको बिदेशका धेरै ठाउमा शुट गरिएको म्युजिक भिडियोहरु आइसकेका छन भने पप गायक सुजन ढकालको डेप्थ एल्बमको साथै धेरै गीतहरु बजारमा आइसकेका छन ।

भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युब मार्फत रिलिज गरिएको हो ।