ताराको लुकी लुकीमा नाजिर र एलिशा

ललितपुर । गीतकार तारा अधिकारीको नयाँ गीत ‘लुकी लुकी’को भिडियो सार्वजनिक भएको छ । प्रमोद खरेलको आवाजमा रहेको गीतमा संगीत रमेश कडरियाको र उदयराज पौडेलको एरेन्ज छ ।

भिडियोमा नाजिर हुसेन र एलिसा राइको अभिनयसहितको नृत्य छ । राजिव समरको कोरियोग्राफी रहेको गीतलाई शिलन लम्सालले सम्पादन गरेका छन् । भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने निर्देशन शान थापाको छ ।

टौवा क्रियसनले निर्माण गरेको भिडियोलाई सुनौलो तारा युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।