काठमाडौं । चलचित्र पत्रकार अशोककुमार प्यासी राईले सांस्कृतिक संस्थानको महाप्रबन्धक पदको पदभार ग्रहण गरेका छन् । अशोक हालैमात्र नेपाल सरकारको मन्त्री परिषद्बाट सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
उनले सोमवार आफ्नो पदभार सम्हालेका छन् । राष्ट्रिय नाचघरमा रहेको महाप्रबन्धकको कार्यकक्षमाउनले आफ्नो पदभार सम्हालेका हुन् । संस्थानका कर्मचारीहरुले उनको स्वागत गर्दै संस्थानको वारेमा संक्षिप्तजानकारी समेत गराएका थिए ।
ताप्लेजुङमा जन्मेर राई काठमाडौंमा कर्म गरिरहेका राई झन्डै दुई दशकदेखि नेपालीकला, संस्कृति र रंगमञ्चको संरक्षण, प्रवद्र्धन र प्रचार प्रसारमा लाग्दै आएका राई आएका थिए । उनलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सिफरिसमा नियुक्त गरिएको हो ।
नेपाल सरकारले उनलाई चार बर्षको लागि नियुक्त गरेको हो । महाप्रबन्धक राईले सांस्कृतिक संस्थानलाई राष्ट्रको एक मात्र उत्कृष्ट सांस्कृतिक संस्थान बनाउने कार्यमा आफु लागि पर्ने बताए । सरकारी तथा गैर सरकारी संस्थाहरुको रोजाईको सांस्कृतिक संस्थान बनाउन नयाँ योजनाहरु कार्यान्वयन गर्नेदेखि संस्थाका समस्याहरुलाई क्रमश सम्बोधन गर्दै नयाँ गति दिलाउने उनले प्रष्ट पारे ।