बोण्ड सिरिज सम्झिएर डेनियल भावुक

लसएन्जल्स(एजेन्सी) । हलिउड अभिनेता डेयिनल क्रेग स्पाई फ्रेन्चाइजी जेम्स बोन्डको आफ्नो आगामी फिल्मको अन्तिम दृश्य छायांकन सम्झिएर भावुक बनेका छन् । डिजिटल स्पाई डट कमका अनुसार ‘नो टाइम टू डाई’ क्रेगको पाँचौं र अन्तिम फिल्म हुनेछ । जसमा उनी ब्रिटिश सिक्रेट सर्भिस एजेन्टको भूमिकामा देखिदैछन् ।

उनले फिल्मको समूहबाट बिदाई हुनु सजिलो नभएको बताए । ‘यो आम रुपमा एन्टी क्लाइमेक्स थियो । वास्तवमा त्यो समय निकै भावुक बनाउने समय थियो । फिल्मका सम्पूर्ण सदस्य वरपर आए र बाहिर उभिए । सबैजना एकापसलाई अंगालो मारिरहेका थिए । म केही बोल्न चाहन्थें, तर मेरो मुखबाट केही शब्द निस्किएन’, क्रेगले भनेका छन् ।