चपस दाङमा शिव सर्वसम्मत

काठमाडौं । चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा शिव पुन निर्वाचित भएका छन । संघको चौथो अधिबेशनबाट सर्वसम्मत रुपमा उनी अध्यक्षमा निर्वाचित भएका हुन । यसअघि उनी संघको कोषाध्यक्ष थिए । यस्तै संघको उपाध्यक्षमा सन्तोष केसी, सचिवमा पुर्ण के.सी, सह–सचिवमा निरला अर्याल गैरे, कोषाध्यक्षमा तिर्थराज चौधरी निर्वाचित भए ।

नौ सदस्यीय कार्यसमिति रहेको सदस्यहरूमा भुपेस वली, मिना खड्का, राजेश खत्री र आशिष केसी छन् । संघका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षता तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष डा.अमर गिरीको प्रमुख आतिथ्य र संघका केन्द्रीय उपाध्यक्ष दिनेश सिटौलाको विशिष्ठ आतिथ्यमा अधिवेशनको उद्घाटन भएको थियो ।

यसैबिच जिल्ला अधिवेशनका अवसरमा ११ हजार १ सय ११ रूपैया राशीको देवलोचन रङ्ग पत्रकारिता पुरस्कारबाट सन्तोष केसी पुरस्कृत भएका छन् ।