ओस्कारः एघार विधामा जोकर

लसएन्जल्स(एजेन्सी) । यो वर्षको ओस्कार एवार्डको मनोनयन सार्वजनिक भएको छ । सार्वजनिक मनोनयन अनुसार फिल्म ‘जोकर’ सर्वाधिक ११ विधाको मनोनयनमा परेको छ । यो फिल्म ‘बेस्ट फिÞल्म’, ‘बेस्ट डायरेक्टर’, ‘बेस्ट एक्टर’सँगै अन्य आठ विधाको मनोनयनमा परेको छ ।

त्यस्तै ‘द आयरिशमैन’, ‘ज्ञढज्ञठ’ र ‘वन्स अपन अ टाइम इन हलीवुड’ १०–१० विधाको मनोनयनमा परेको छ । ब्रिटेनकी सिंथिया एरिवो, एंथनी हपकिन्स, जोनाथन प्राइस, फÞ्लोरेन्स प्यू अभिनय विधाको अवार्ड मनोनयनमा परे ।

फिल्म ‘जोकर’ गत साता ब्रिटिश एकेडेमी फिल्म अवार्डस्मा पनि ११ विधाको मनोनयनमा परेको थियो । तर अभिनेताको सूचीमा सिन्थिया यस्तो कलाकार हुन् जो ब्रिटिस एकेडेमी अवार्डको मनोनयनमा पनि परेका छन् ।

बेस्ट फिल्मको मनोनयनमा फोर्ड ख्क फेरारी, जोजो रैबिट, लिटिल वीमेन, मैरेज स्टोरी र दक्षिण कोरियाली फिÞल्म पैरासाइट पनि परेका छन् । त्यस्तै बेस्ट एक्टरका लागि जोकरका जोओकिन फिनिक्स, मैरेज स्टोरीको एडम ड्राइवर, वन्स अपन अ टाइम इन हलीवुडका लागि लियोनार्डो डी कैप्रियो, पेन और ग्लोरीका लागि एंटोनियो बैंडेरास र द टू पोप्सका लागि जोनाथन प्राइस मनोनयनमा परेका छन् ।

यसैगरी बेस्ट एक्ट्रेसका लागि एरिवोका अलावा रोनैन, चार्लीज थेरोन र रेने जÞलवेगर पनि परेका छन् । वन्स अपन अ टाइम इन हलीवुडमा सपोर्टिङ रोलका लागि ब्राड पिट पनि मनोनयमा परेका छन् ।