सडक दुर्घटनामा अस्ताए गायक निशान भट्टराई

काठमाडौं । गजल गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट मंगलबार राति निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए ।

घटनालगत्तै प्रहरीले उद्धार गरी उनलाई वीर अस्पतालस्थित ट्रमा सेन्टर पु¥याएको थियो । चिकित्सकले उनको उपचार गरे पनि उनको अस्पतालमै निधन भएको थियो ।

संगीतकार मिलन मोक्तानले दुर्घटनामा घाइते भट्टराईलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषित गरेको जनाए । ४० को दशकको अन्त्यतिर उदाएका गायक निशान चर्चित गायिका लोचन भट्टराईकी भाइ हुन् । उनको स्थायी घर धरान हो ।