धीरेन्द्रको सांगीतिक फालेलुङ्ग मुनी

काठमाडौं । गायक धीरेन्द्रकुमार चेम्जोङको स्वरमा रहेको ‘फालेलुङ्ग मुनी’ गीतको भिडियो सार्वजनिक भएको छ । मिना राईको शब्द तथा रमेश सुनुवारको संगीतमा पदम बि.सि.को एरेन्ज रहेको गीतमा पुर्वका रमणीय स्थानहरु समेटिएको छ ।

भिडियोमा सुजा सुनुवार र सौरव तामाङ फिचर्ड छन् । भिडियोमा तिलक रिजालको छायांकन तथा सम्पादन, सुवास लिम्बु मेयाङबोको ड्रोन, कृष्ण सुवेदीको श्रृङार छ ।

भिडियोमा कृष्ण तामाङको निर्देशन रहेको छ । भिडियोलाई बुढासुब्बा म्युजिकमार्फत सार्वजनिक गरिएको छ ।