इन्द्रजीतको गीतमा माझी बने विल्सन

काठमाडौं । गायक इन्द्रजीत मिजार एकताका नेपाली पाश्र्व गायनमा निकै हिट गायक थिए । उनले गाएका ‘टुङनाको धुनमा’, ‘पिरतीको मीठो तिर्सना’लगायतका गीतहरु नेपाली पाश्र्व गायनमा सदाबहार गीत मानिन्छन् । यिनै इन्द्रजीत लामो समयपछि ‘नदीको किनारा’ बोलको गीत लिएर नेपाली श्रोतामाझ पाएका छन् ।

गीतको भिडियोमा विल्सनविक्रम राई, मनिष रिजाल र आयुष रिजाल फिचर्ड छन् । गीतमा प्रेम रामदामको शब्द र संगीत छ । भिडियोमा विल्सनलाई माझीको गेटअपमा देखाइएको छ । ‘इन्द्रजित मिजार सरको स्वरमा सजिएको धरै नेपाली चलचित्रको गीतमा मैले सानोमा गाउँतिर धेरै बिहे पुजा हुँदा नाचेको थिएँ’, विल्सन भन्छन्, ‘आज उहाँकै स्वर रहेको यो गीतमा अभिनय गर्ने अवसर मिल्दा ज्यादै खुशी छु ।’

भिडियोमा तिलक रिजालको छायांकन र सम्पादन, प्रविण श्रेष्ठको ड्रोन, कृष्ण सुवेदीको मेकअप र विराज बासकोटाको निर्देशन छ ।