कार दुर्घटनामा शबाना गम्भीर घाइते

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री शबाना आजमी सडक दुर्घटनामा गम्भीर घाइते भएकी छन् । गीतकार जावेद अख्तरकी पत्नी शबाना सवार कार खालापुर टोल प्लाजामा रहेको पुणे–मुम्बई एक्सप्रेस वेमा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते शबानालाई एमजीएम हस्पिटल पनवेलमा भर्ना गरिएको छ । कारमा शबानासँगै सवार जावेद सकुशल छन् ।

अस्पतालका अनुसार शबानाको नाकमा चोट लागेको छ । नाकबाहेक शरीरका अन्य कुनै पनि अंगमा चोट देखिएको छैन । उनको अवस्था स्थिर छ । हालै मात्र जावेदले आफ्नो ७५ औं जन्मदिन मनाएका थिए ।

उनले आफ्नो जन्मदिन विशेष कार्यक्रम गरेर मनाएका थिए । उनले दुई पाटी आयोजना गरेका थिए । पहिलो पाटी उनले पुराना दिनको सम्झना गर्दै रेट्रो थिममा आयोजना गरेका थिए । दोस्रो पार्टी मुम्बईको पाँच तारे होटल ताजमा दिएका थिए ।