‘सेलेब्रिटीज भनेको सेतो कपडा रहेछ’

काठमाडौं । गायिका आस्था राउत यतिबेला चर्चाको विषय बनेकी छन् । त्रिभूवन विमानस्थलमा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै प्रहरीलाई गाली गलौज गरेको भिडियो फेसबुकमा सार्वजनिक गरेपछि उनको पक्ष र विपक्षमा जनमत सिर्जना भइसकेको छ । भलै आस्थाले आफूमाथि प्रहरीले अभद्र व्यवहार गरेको आरोप लगाएकी प्रहरीले दुव्र्यवहारविरुद्ध प्रहरीमा उजुरी गरेपछि यो विषय अहिले नयाँ शिराबाट अगाडि बढेको छ ।

नेपाल प्रहरीले विमानस्थलमा आस्थामाथि भएको घटना बारेको सिसिटिभी फुटेज सार्वजनिक भएपछि अहिले प्रहरीको समर्थनमा पनि जनमत सिर्जना भएको छ । आस्थाका पक्ष र विपक्षमा सेलिब्रेटीहरुले पनि सामाजिक सन्जालमा आफ्ना धारणा राखेका छन् ।  समय समयमा समसामयिक स्टास लेखेर चर्चामा आइरहने अभिनेता दीपकराज गिरीले पनि फेसबुकमार्फत आस्थाका विषयमा आफ्नो कुरा व्यक्त गरेका छन् । उनले आफू पनि मापसेको घटनामा परेको उल्लेख गर्दै प्रहरीको व्यवहारलार्य नजिकबाट नियाल्ने मौका पाएको उल्लेख गरेका छन् । उनले सेलिब्रेटीलाई सेतो कपडाको संज्ञा दिएका छन् ।

यस्तो छ दीपकराजको स्टाटसः

प्रिय आस्था बहिनी, यो विषयमा लेख्न मन थिएन तर तिमीले निरन्तर गाली खाएको देखेर किन किन लेख्न मन लाग्यो । म पनि विगतमा यस्ता धेरै घटनाहरूबाट गुज्रेको छु । यस्तै प्रकारका घटनाहरूबाट पाठ पनि सिकेको छु । समस्या कहाँबाट आयो भने तिमीले भिडको सामना गर्दै प्रहरीलाई चेक गराउदै अघि बढ्नु पर्यो । भिड र संवेदनशील क्षेत्रमा काम गर्ने प्रहरी जवानहरूलाई छुट्टै प्रेसर हुन्छ । उनीहरूलाई छुट्टै दबाब हुन्छ । उनीहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन् । सानो गल्ती भए जÞागिरै संकटमा पर्छ । त्यस्तो बेला उनीहरूबाट अलि रूखो व्यवहार निस्किन्छ पनि त्यहाँ पनि निस्कियो होला ।

तर हामी कलाकार वा सेलेब्रिटीज को गल्ती नै नभए पनि समाचार बाहिर आएपछि गल्ती हाम्रै देखिने रहेछ । सेलेब्रिटीज भनेको सेतो कपडा रहेछ । अरू रंगमा दाग नदेखिए पनि सेतोमा सानो दाग पनि देखिहालिन्छ । अत सहनु पर्ने हामीले नै रहेछ । विदेशमा प्रायः यस्तो घटना हँुदैन किनकी त्यहाँ नेता मात्रै भीआइपी हुँदैनन् धेरै कर तिर्ने व्यापारीहरू, नाम चलेका खेलाडी, कलाकारहरूलाई पनि भीआइपी मानिन्छ र सुविधाजनक ढंगले चेक जाँच हुन्छ र भिडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै भीआइपी हो । यो संवेदनशीलतालाई हामीले बुझ्नु पर्छ किनकी हामी भिडबाट नै गुज्रिनु पर्छ त्यस्तो अवस्थामा हामी सतर्क हुनै पर्छ ।

मापसे काण्डमा म पनि परें गल्ती मेरै थियो तर जब म प्रहरीको पन्जामा परे म माथि भएको दुव्र्यवहार डर लाग्दो नै थियो तर मेरो कुरालाई कसैले गम्भीरतापूर्वक नै लिएनन् । यसबारे हामीले नै होसियार हुनुपर्ने रहेछ । हामीलाई अन्याय नै भयो भने पनि ‘कलाकार हो फूर्ती देखायो होला फस्यो नि’ भनिदो रहेछ त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफÞ पाउँ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ । तिमीलाइ पनि त्यस्तै केहि रूखो व्यवहार प्रयोग भयो होला । तर गल्ती तिम्रो फÞेसबुक लाइभले गर्यो त्यसमा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो ।

तिमीलाई केही नभई त्यस्तो भनिनौ होला । तर बाहिरबाट हेर्दा तिमी नै अमर्यादित देखियो अतः यो घटनालाई तिमीले हामीले सबैले एउटा पाठको रूपमा लिनु पर्छ । जे हुन्छ राम्रैको लागि हुन्छ । आज कतिपय स्ट्याटसहरू ‘कलाकार यस्तै घमण्डी हुन्छन्’ भनेर आउछ दुख लाग्छ । त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफी माग्छु तिमी पनि माग । सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन । हामी सामान्य नागरिक नै हौ यो वास्तविकतालाई बुझौं ।