डलरमा रमाए सरोजसँगै आश्मा र वर्षा

काठमाडौं । र्यापर मिस्टर आर जे अर्थात् राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको आवाजमा रहेको डलर बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नवराज कलौनीको शब्द तथा राजेन्द्र भट्टको संगीतमा रहेको गीतमा आर्जन स्वयम् र वर्षा राउत, कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड छन् ।

गायक आर्जन यस अघि घाँटी भन्दा तल त राम्रै हो बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा र विवादमा तानिएका थिए । यस गीतमा भने उसको तारिफ भएको छ ।

कोरियोग्राफर गम्भिर विष्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने इन्टेन्स्ड इल्डले सम्पादन गरेको छ । मनोज बस्नेतको निर्माणमा बनेको डलर गीतको भिडियोलाई एटके एभरेष्ट मोसन पिक्चर्सले युट्युवमा सार्वजनिक गरेको हो ।