अक्षय बने वर्ल्डवाइड बक्सअफिस किङ

मुम्बई(एजेन्सी) । सन् २०१९ मा बलिउड अभिनेता अक्षय कुमारले सफलताको एउटा नयाँ इतिहास रचेका छन् । गत वर्ष उनी अभिनित चारवटै फिल्म बक्स अफिसमा हिट साबित भए । यी फिल्मले बक्स अफिसमा एउटा अर्को रेकर्ड पनि बनाएको छ, यो रेकर्डको बारेमा कमै जानकार छन् । अक्षय बलिउडका मात्र एक यस्ता अभिनेता भएका छन्, जसको फिल्मले सन् २०१९ मा हजार करोड भन्दा बढी वल्र्डवाइड कलेक्सन गरेको छ ।

अक्षय कुमार हालका दिनमा बलिउडमा एउटा भरोसा योग्य अभिनेता बनेका छन् । अक्षयको फिल्म थिएटरमा चल्दैन मात्र, निर्मातालाई मुनाफा पनि दिलाउछ । उनको फिल्मलाई समीक्षकले पनि उत्तिकै मनपराउँछन् । उनी व्यावसायिक र क्रिटिकल सफलतको एउटा ठूलो मिसाइल नै बनिसकेका छन् ।

अक्षय अभिनित फिल्म ‘गुड न्यूज’को कुरा गर्ने हो भने यो फिल्मले विश्वव्यापी रुपमा ३ सय करोडको कलेक्सन गरेको छ । यस्तै फिल्म ‘केशरी’ले विश्वव्यापी रुपमा २ सय ७ दशमलब ०८ करोडको ग्रस कलेक्सन गरेको थियो । त्यस्तै ‘हाउसफूल ४’ ले विश्वव्यापी रुपमा २ सय ८० दशमलब २७ करोडको ग्रस कलेक्सन गरेको थियो । यसैगरी ‘मिसन मंगल’ ले २ सय ९० दशमलब ५९ करोड ग्रस कलेक्सन गरेको थियो । यी सबै फिल्मको वल्र्डवाइड ग्रस कलेक्सन जोड्दा १ हजार ७६ दशमलब ३४ करोड हुन आउँछ छ ।

सन् २०१९ मा दोस्रो स्थानमा अभिनेता ऋतिक रोशन रहे । यो वर्ष रिलिज उनको फिल्म ‘सुपर ३०’ले २ सय ८ दशमलब ९३ करोडको वल्र्डवाइड ग्रस कलेक्सन गरेको थियो । जबकी ‘वार’ ले ४ सय ७४ दशमलब ७९ करोड कलेक्सन गरेको थियो । यो दुवै मिलाएर ऋतिकको वल्र्डवाइड कलेक्सन ६ सय ८३ दशमलब ७२ करोड छ ।

तेस्रो स्थानमा अभिनेता सलमान खान छन् । जसको फिल्म ‘भारत’ले वल्र्ड वाइड ३ सय २५ दशमलब ५८ करोडको कलेक्सन गरेको थियो । त्यस्तै ‘दबंग ३’ले २ सय १२ दशमलब ८७ करोडको ग्रस कलेक्सन गरेको थियो । दुबै ग्रस कलेक्सन जोड्दा ५ सय ३८ दशमलब ४५ करोड हुन आउँछ ।