थाइल्याण्ड र अस्ट्रेलियामा १२ सत्ताईस

काठमाडौं । जोन योन्जन निर्देशित फिल्म ‘१२ सत्ताईस’ थाइल्याण्ड र अस्ट्रेलियाको लागि प्रदर्शन अधिकार विक्री भएको छ । थाइल्याण्डमा यो फिल्मलाई रेड अम्ब्रेला इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो । थाइल्याण्डको विभिन्न पाँच सहरमा फिल्मको ५ शोहरु हुनेछ ।

ह्याप्पी प्लानेट फिल्म्सले कमेरो फिल्म्स स्क्रिनसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, आश्मिता लामिछाने, सम्रांत थापा, एवोन राज उप्रेती, भिष्म जोशी, आश्मिता खनाल, बिना कार्की लगायतको अभिनय रहेको छ ।

रेणु राना, दिपक खतिवडा र रुपक थापा निर्माता रहेको फिल्ममा निर्देशक योन्जनकै लेखन, अनिश स्यान्ग्दनको छायांकन, शैलेश श्रेष्ठको पाश्र्व संगीत, कृष्ण भण्डारीको सम्पादन रहेको छ ।