अनमोलसँग जोडी बाँध्दै जसिता

काठमाडौं । निर्माता तथा अभिनेता भुवन केसीले निर्माण गर्ने नयाँ फिल्म ‘एन्टी हिरो’मा नायिका जसिता गुरुङ फाइनल भएकी छन् । फिल्ममा उनले अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्नेछिन् ।

सुपर काजल फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मका लागि भुवन केसीले जसितालाई बुधबार फिल्मका लागि अनुबन्ध गरेका हुन् । भारतीय निर्देशकले निर्देशन गर्ने फिल्म एक्सन र लभस्टोरी जनराको हुनेछ ।

फिल्ममा भुवन केसी भिलेनको रुपमा देखिनेछन् । फिल्मका बाँकी कलाकार तथा प्राविधिक फाइनल भइसकेका छैनन् । फिल्मको छायांकन वैशाख १ गतेबाट हुनेछ ।