मुम्बई(एजेन्सी) । मुम्बईको कार्टर रोडमा रहेको बलिउड अभिनेता शाहरुख खानको घर मन्नत फिल्मप्रेमीका लागि कुनै पर्यटकीयस्थल भन्दा कम छैन । देशका कुना कुनाबाट मुम्बई जानेहरुको सूचीमा मन्नतको एक झलक हेर्न पाउने चाहना उनीहरुको भ्रमण सूचीमै हुन्छ । मन्नतको विषयलाई लिएर बलिउडमा धेरै किस्साहरु सुन्न पाइन्छ । तीमध्ये एक किस्सा सलमान खानसँग पनि जोडिएको छ, जुन किस्सालाई उनैले खुलाएका छन् ।
सलमानका अनुसार शाहरुखको मन्नतलाई खरिद गर्ने सलमानको ठुलो चाहना थियो, तर उनका पिता सलीम खानका कारण उनले त्यो किन्न सकेनन् । ‘मैले मन्नत खरिद गर्नका लागि बुवासँग अनुमति मागेको थिएँ । तर उहाँले ठूलो घर किनेर के गर्ने । उहाँको कुरा सुनेपछि मन्नत किन्ने मोह हट्यो । पछि शाहरुखले त्यो घर किने’, सलमानले भनेका छन्, ‘अब म शाहरुखलाई यति ठूलो घरमा के गर्छौ भनेर सोध्नेछु ।’ सलमान बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टको फ्ल्याटमा बस्दछन् । आफ्नो जन्मदिन वा इदको मौकामा सलमान खक्सर फ्ल्याटको बालकोनीमा गएर दर्शकप्रति आभार व्यक्त गर्छन् ।
शाहरुख मुम्बई आउँदा विवाहित थिए र उनी पत्नी गौरीका साथमा एक सानो अपार्टमेन्टमा बस्दथे । जब उनले मन्नत देखे, त्यसपछि उनलाई दिल्लीको कोठीको याद आयो । त्यहीकारण उनले यो बंगला किने । यो उनको जीवनकै महंगो सम्पत्ति हो ।