विशेष प्रदर्शनमा मेरो दिल छ पोखरामा

काठमाडौं । आगामी चैत १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मेरो दिल छ पोखरामा’को आगामी फागुन ५ गते राजधानीमा विशेष प्रदर्शन हुने भएको छ । गीतकार तथा निर्देशक शंकर अधिकारीको निर्देशनमा निमार्ण भएको फिल्ममा कला राईको प्रस्तुती छ ।

फिल्ममा राजु पौड्याल, रन्जु रन्जना, गंगा कुँवर, लक्ष्मी श्रेष्ठ, दिप कुलुङ, कला राई, हेमलता घिमिरे र राजन महर्जनको अभिनय रहेको छ । फिल्ममा रामकृष्ण कँडेलको छायांकन, देव महर्जनको द्वन्द्व, विश्वास भण्डारीको सम्पादन, राजन महर्जनको नृत्य छ ।

शंकर अधिकारी र दिपेन्द्र खड्काको गीत, पुरुषोत्तम न्यौपाने, पुष्कर सुनुवार, सिडि विजय अधिकारी र शंकर अधिकारी घायलको संगीत, नित्या शिवा, ममता मगर, पुरुषोत्तम न्यौपाने र सिडि विजय अधिकारीको स्वर फिल्ममा सुन्न सकिनेछ ।