नेपाली अर्जुन रेड्डीमा विशालको एक्सन कट

काठमाडौं । तेलुगु सफल फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सनलाई विशाल सापकोटाले निर्देशन गर्ने भएका छन् । विशाल प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सेल्फी किङ’ को निर्देशक हुन् ।

फिल्म ‘अर्जुन रेड्डी’को नेपाली भर्सनलाई युवा फिल्म्स र जी २१ फिल्म्सले निर्माण गर्नेछन् । जी २१ फिल्म्स जस्तो अनुभवी र सफल निर्माण कम्पनीसँग जोडिएर काम गर्न पाउँदा आफूहरू थप उत्साहित भएको युवा फिल्म्सका केशव खड्का र आशिष श्रेष्ठले जानकारी गराए । यस अघि जी २१ फिल्म्सले निर्माण गरेको फिल्म ‘दुई रुपैयाँ’ सफल भएको थियो ।

जि २१ फिल्म्सको तर्फबाट आसिफ शाहले ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्नु नेपाली फिल्मको लागि नै एउटा नयाँ प्रयोग भएकोले पनि आफुहरु चलचित्र निर्माणमा सहभागी भएको बताए । फिल्मको लागि यति बेलासम्म निर्देशक मात्र फाइनल गरिएको छ । मुख्य कलाकार लगायत अन्य कलाकार अडिसनबाट छानिने युवा फिल्म्सले जनाएको छ ।